दोलखाको गोपीखोलामा बस दुर्घटना

२६ श्रावण २०८०, शुक्रबार १०:५९

काठमाडौं, २६ साउन – दोलखाको तामाकोशी गाउँपालिकास्थित गोपीखोलामा बस दुर्घटना भएको छ ।

मिर्गेबाट चरिकोट आउँदै गरेको बा.२ ख ५४२९ नबरको बस गोपीखोलामा दुर्घटना भएको दोलखाका डिएसपी दिपक खड्काले बताए । दुर्घटनामा परेर १६ जना घाइते भएका छन् ।

घाइतेहरुलाई चरिकोट स्थित दोलखा सामुदायिक अस्पताल र च्छो रोल्पा अस्पतालमा उपचारका लागि ल्याइएको छ ।