काठमाडौं, २५ साउन– बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं फर्काएर अवतरण गराइएको छ ।
काठमाडौंदेखि भैरहवाका लागि उडेको बुद्ध एयरको ८५७ नम्बरको जहाजमा आज दिउँसो प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं अवतरण गराइएको हो ।
काठमाडौंबाट भैरहवाको उडान ८५७ नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि फर्काएर काठमाडौं विमानस्थलमा अवतरण गराइएको विमानस्थलका प्रवक्ता विजय ढुंगानाले जानकारी दिए।
उनका अनुसार १० माइल टाढा पुगेको जहाजको इण्डिकेटरमा समस्या देखिएपछि फर्काइएको हो । विमानमा सवार यात्रुलाई अर्को जहाजबाट भैरहवा पठाउन लागिएको बुद्ध एयरलाइन्सले जनाएको छ । एयरलाइन्स्का अनुसार समस्या देखिएको जहाज नाइन एन–एएनपीलाई टेक्निकल टिमले जाँच गरिरहेको छ ।
