इक्वेडरमा राष्ट्रपति निर्वाचनका उम्मेदवारको गोली हानेर हत्या

२५ श्रावण २०८०, बिहीबार ११:०५

काठमाडौं, २५ साउन– इक्वेडरको राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको गोली हानेर हत्या भएको छ ।

इक्वेडरका सांसद फर्नान्डो भिल्लाभिसेन्सिओ राष्ट्रपति निर्वाचनका उम्मेदवार समेत रहेका थिए । सांसद फर्नान्डो निर्वाचनको प्रचारप्रसारका क्रममा उत्तरी सहर क्विटोमा गोली हानेर हत्या भएको हो । स्थानीय सञ्चार माध्यमका अनुसार सांसद फर्नान्डो बुधबार (हिजो) आफ्नो कारमा चढ्दै गर्दा एक व्यक्तिले टाउकोमा गोली हानेर हत्या गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार उनीमाथि तीन गोली लागेको छ । इक्वेडरमा अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ । सो निर्वाचनमा पूर्वपत्रकार समेत रहेका ५९ वर्षीय फर्नान्डो पनि उम्मेदवार थिए ।