सेयर बजारमा लगानी कर्ताहरुले कुन बैंकमा लगानी गर्दा बढी आम्दानी पाउछन् ?

२५ श्रावण २०८०, बिहीबार ०८:३४

काठमाडौं, २५ साउन– असार मसान्तसम्म बैंकहरुले प्रकाशन गरेको वित्तीय अवस्था अनुसार सबैभन्दा बढी प्रतिसेयर आम्दानी हुनेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको थियो ।

एनआईसी एशिया बैंकपछि धेरै प्रतिसेयर आम्दानी हुनेमा स्टयान्डर्ड चार्टर्ड बैंकको ३७ रुपैयाँ ३९ पैसा रहेको छ । अघिल्लो आवको सोही अवधिमा २३ रुपैयाँ ९२ पैसा रहेको थियो । राष्ट्रिय वाणिज्य बैंकको ३३ रुपैयाँ ९६ पैसा रहेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा ३४ रुपैयाँ ८५ पैसा रहेको थियो ।

एभरेष्ट बैंकको ३१ रुपैयाँ ७२ पैसा रहेको छ । अघिल्लो आवको सोही अवधिमा २६ रुपैयाँ ३ पैसा रहेको थियो । २० रुपैयाँ भन्दा बढी प्रतिसेयर आम्दानी हुनेमा ७ वटा बैंक रहेका छन् ।

नबिल बैंकको २७ रुपैयाँ ८२ पैसा, ग्लोबल आइएमई बैंकको २० रुपैयाँ ७७ पैसा, कृषि विकास बैंकको २० रुपैयाँ ६२ पैसा, नेपाल एसबिआई बैंकको २२ रुपैयाँ १५ पैसा, नेपाल बैंकको २३ रुपैयाँ २२ पैसा, सिद्धार्थ बैंकको २२ रुपैयाँ ६४ पैसा, सानिमा बैंकको २१ रुपैयाँ ०२ पैसा रहेको छ ।

१० रुपैयाँ भन्दा बढी प्रतिसेयर आम्दानी हुने बैंकमा ८ वटा बैंक रहेको छ । जसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १६ रुपैयाँ ०७ पैसा, एनएमबि बैंकको १८ रुपैयाँ ५७ पैसा, प्राइम बैंकको ११ रुपैयाँ ६६ पैसा, लक्ष्मी सनराइज बैंकको १९ रुपैयाँ ४४ पैसा रहेको छ ।

हिमालयन बैंकको १९ रुपैयाँ १९ पैसा, प्रभु बैंकको १२ रुपैयाँ, माछापुच्छ्रे बैंकको १८ रुपैयाँ ०५ पैसा रहेको छ भने सिटिजन बैंकको १५ रुपैयाँ ५९ पैसा रहेको छ ।

१० रुपैयाँ भन्दा कम प्रतिसेयर आम्दानी हुने कम्पनीमा कुमारी बैंक मात्रै छ । कुमारी बैंकको ७ रुपैयाँ ४६ पैसा रहेको छ ।