विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूद्वारा आन्दोलनको घोषणा

२३ श्रावण २०८०, मंगलवार १३:२२


काठमाण्डौ, २३ साउन– प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालय सञ्चालकहरूले आन्दोलन गर्ने तयारी गरेका छन ।

विधेयकमा समावेश गरिएका कतिपय विषयमा निजी विद्यालय सञ्चालकहरूले असहमति जनाएका छन । प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनको घोषणा गरेका हुन्।

आन्दोलनका कार्यक्रम अन्तरगत साउन २८ गतेदेखि अनिश्चित कालीन विद्यालय बन्दहुने उनिहरुले बताएका छन । प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले विद्यालय बन्दको घोषणा अघि नै सरकारले लिखित प्रतिवद्ता जनाउनुपर्ने बताएका छन ।

मस्यौदामा ५ वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ। निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउदै आन्दोलनको घोषणा गरेका हुन ।