काठमाण्डौ, २३ साउन– पोखरामा पटनेरीस्थित सेती नदीमा एक जना साइकल यात्री खसेको छन् । आज मंगलबार बिहान बागमाराबाट पटनेरीतिर आउँदै गरेका साइकलयात्री पोखरा–२९ पटनेरीस्थित सेती नदीमा भक्तबहादुर राना पुलबाट खसेका हुन् ।
बागलुङ बडीगाड गाउँपालिका वडा नम्बर ४ घर भइ पोखरा–३३ बागमारा बस्ने राना बिहान पौने १० बजेतिर सेतीमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिएका छन ।
इलाका प्रहरी कार्यालय शिशुवाले अहिले उनको खोजी गरिरहेको बताएको छ । पोखरामा बिहानैदेखि झरी परिरहेको छ ।
राना सेतीमा खसेको जानकारी प्राप्त हुनासाथ खोजी कार्यका लागि प्रहरी खटाइएको र खसेका हुन् या हाम फालेको भन्ने विषय पनि अनुसन्धानमै रहेको प्रवक्ता विकले जानकारी दिएका छन ।
पुलको छेऊमा चप्पल भेटिएको र भक्तबहादुर नै खसेको भनेर परिवारले नै पहिचान गरेको प्रहरीले बताएको छ ।
