काठमाण्डौ, २३ साउन– हिजो सोमबार राति देखी परेको भारी वर्षाकारण काठमाण्डौंको बल्खु तरकारी बजार डुबानमा परेको छ ।
बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिएका छन ।
उनले भने, ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन । ’ तरकारी बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको उनले बताएका छन ।
