एमालेको कार्यालय च्यासलमा बाढी पस्यो

२३ श्रावण २०८०, मंगलवार ११:३९

काठमाण्डौ, २३ साउन– हिजो (सोमबार) रातिदेखि परेको अविरल वर्षाका कारण मनहरा नदीमा आएको बाढीले एमालेको केन्द्रीय कार्यालयमा क्षति पुर्या्एको छ ।

ललितपुरको च्यासलस्थित नदीको बहाव कार्यालय हाताभित्र प्रवेश हुँदा क्षति पुगेको उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन ।

उनले नदीको बहाव पुलमुनि थुनिँदा पानी माथितिर फर्किएको बताएका छन । कार्यालयमा रहेको गार्डेन जलमग्न भएको छ । भौतिक संरचनामा कुनै क्षति नपुगेको उनले बताएका छन् ।

भारी वर्षापछि आएको बाढीले उपत्यका नदीहरू बागमती, विष्णुमती, रूद्रमती, मनोहरा लगायत नदी किनाराका बस्तीहरू प्रभावित भएका छन ।