काठमाण्डौ, २२ साउन– सदनको अवरोध खुलाउनेबारे प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुख पुनस् छलफल सुरु गरेका छन ।
यसअघि सिंहदरबारमा बसेको बैठक निष्कर्षविहीन टुंगिएको थियो । नेताहरू पुनस् बस्ने गरी बाहिरीएका थिए । अहिले नयाँ बानेश्वरमा रहेको संसद भवनस्थित सभामुखको कार्यकक्षमा बैठक जारी छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा, दलका प्रमुख सचेतक र सचेतकहरु सहभागि रहेका छन ।
एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानलाई कायमै राखेको छ । प्रधानमन्त्री प्रचण्ड भने समिति बनाउन तयार नभएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।
प्रधानमन्त्रीले गठबन्धनमा छलफलका लागि एक घण्टाको समय मागेका थिए । आज १ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्मको लागि सूचना टासेर स्थगित गरिएको थियो ।
