सुन तस्करी प्रकरण अनुसन्धान ब्यूरो द्धारा अनुसन्धान सुरु

२२ श्रावण २०८०, सोमबार १६:०१

काठमाडौं, २२ साउन– एक क्विन्टल सुन तस्करी प्रकरण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ ।

यो प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसप) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएको सीआईबी स्रोतले जनाएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

सो प्रकरणमा राजस्व चुहावटमा २० दिनसम्म अनुसन्धान गरेको विभागले आइतबार (हिजो) सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएको थियो । पहिले सुन तस्करी प्रकरणको प्राविधिक पाटोमा मात्र अनुसन्धान गरिरहेको सीआईबीले सोमबार (आज) देखि भने औपचारिक रुपमा अनुसन्धान सुरु गरेको हो ।