शीर्ष नेताको बैठक सकियो, साढे ३ बजे पुनः छलफल

२२ श्रावण २०८०, सोमबार १५:३६


काठमाण्डौ, २२ साउन– सदनको अवरोध खुलाउने विषयमा सिंहदरबारमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक सकिएको छ ।

दिउँसो १२ बजेदेखि सिंहदरबारमा भएको छलफलमा कुनै सहमति हुन नसकेपछि पुनः साढे तीन बजे अर्को बैठक बसेर सहमति जुटाउने कांग्रेस नेता रमेश लेखकले बताएका छन ।

साढे ३ बजे बानेश्वरमा बस्ने बैठकमा सदन खुलाउन र संसदीय समितिको सभापति चयनबारे समेत निर्णयमा पुग्ने दलहरुको तयारी रहेको उनले बताएका छन ।

आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक दलहरुबीचको छलफल नसकिएकाले अपराह्न चार बजेलाई सूचना टाँसेर सारिएको छ ।