स्नातक गरेर पशु-पालनबाटै आत्म निर्भर बन्दै ‘कामना’

१७ पुष २०७४, सोमबार ०५:४५

श्याम गुप्ता
पुस १७  बारा  ।
स्नातक तह उतीर्ण गरेकी बाराको औराहकी कामना कार्की थापाले सहकारीको सहयोगबाट पसुपालन व्यवसायमा लागेर श्रम गरिरहेकी छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालीका औराहाकी कामनाको दैनिक दिनचर्या अहिले पशु पालन मैं बित्छ ।

स्थानीय औराहा पसुपालन कृषि सहकारी संस्थाले निर्माण गरिदिएको पशु र्फममा अहिले उनी सहकारीबाटै ऋण लिएर गाई पालन गर्छिन् । उनी जस्तै स्थानीय ६ जना महिला मिलेर १२ लाखको लगानीमा सुरु गरिएको गाई फर्ममा अहिले साना ठुला गरी १४ वटा गाई र भैंसी समेत छन् ।

फारममा स्थानीय दुई जना महिलाले रोजगारी समेत पाएका छन् । भने , लगानी कर्ता उनीहरु पनि पशु फारम मैं बिहान बेलुका काम गर्छन् । ८ महिना अघिबाट सुरु गरिएको गाई पालनबाट अहिले उनीहरुले खासै आम्दानी लिन नसकेपनि सहकारीको ऋण भुत्तानी गर्न सक्षम देखिएका छन् ।  ‘खर्च धेरै छ , आम्दानी थोरै छ,’ कामना भन्छिन् , ‘दुधको मुल्य पानी बराबर छ, दुध बेचेर सहकारीको ऋण तिर्न बराबर जस्तै हुँन्छ ।’
कृषी पेसामा लागेकी कामना सुरुको अवस्थामा आम्दानी राम्रो नभए पनि आफ्नों पेसा र कार्य प्रति गर्भ गर्दै तीन बर्ष पछि सहकारीको श्रृण तिरेर १८ देखि २० लाखको सम्पती जोडिनेमा ढुक्क भएकी छन् । उनीसँगै एक अर्की स्नातक गरेकी रंजना सिंह पनि उनी सँगसँगै पशुपालन व्यावसायमा जुटेकी छन् । दुबैको बिचार र उद्देश्य एउटै छ ।

उनीहरुले फारमबाट उत्पादित दुध सहकारीले सञ्चालन गरेको डेरीमा ल्याउँने गरेका छन् । दैनिक ७५ देखी सिजनमा एक सय २० लिटर सम्म दुध उत्पादन हुँने उनीहरु बताउँ छन् । मासिक ७० देखी ७५ हजार सम्म दाना र चोकरको खर्च कटाएर अहिले ४० देखी ५० हजार सम्मको आम्दानी भईरहेको उनको अनुमान छ । सोझो हिसाब गर्दा दिन भरी गोबर र माटोसँग खेल्ने कामनाले मासिक ७ देखी १० हजार सम्म आम्दानी गर्छिन् । विभिन्न कृषि सम्बन्धी तालिमहरुमा कृषी पेसाको सुरुवाती चरणमा हतोत्साही हुँन नहुँने सिप सिकेको बताउँने उनी बिस्तारै आम्दानी बढनेमा उनी आशावादी छिन् ।

‘सुरु गरिहालियो,अब आत्तिएर पनि भएन , तालिमका सरहरुले बिस्तारै आम्दानी राम्रो हुँन्छ भन्नुभएको भएर हामी निरन्तर श्रम गरिरहेका छौं’ उनले भनिन् –‘सहकारीको ऋण तिर्न पुगेको छ , त्यतीलाई नैं उपलव्धी सम्झेका छौं ।’ मुलुकमा हामी जस्ता शिक्षित बेरोजगारको संख्यामा कमी छैन । त्यसैले महिला दिदी बहिनीलाई रोजगारका लागी बिदेशिनु भन्दा सानो ठुलो आ–आफ्ना क्षमता अनुसारका एकल वा समुहमा मिलेर स्वरोजगारको श्रृजना गर्नु पर्ने सुझाव दिएकी छन् ।
.
औराहा पसुलालन कृषी सहकारी संस्थाका अध्यक्ष मदनबहादुर क्षेत्रीले दुधको उचित बजार र मूल्य नपाउँदा डेरी सञ्चालन गर्न नैं चुनौंतिको सामना गर्नु परेको बताईन् ।  सरकारले कृषी क्षेत्रमा प्रशस्त लगानी गरेपनि त्यो लगानी किसान सम्म नपुगेको गुनाँसो गरिन् ।  ‘सरकारको लगानी र अनुदान किसान सम्म पुग्न सकिरहेको छैन , दुधको मुल्य झन् ओरालो लागि रहेको छ , यता दाना र चोकर दिन प्रति दिन महँगिदो छ ।’, ‘बिचौलिया मोटाएका छन् , दुध किसान स्याहार सुसारे मात्र भएको जानकारी दिईन् । ’