माओवादी पार्टी अब फेरि जाग्नेछ, बीचमा कता कता अलमलमा परेका थियौँ: प्रधानमन्त्री प्रचण्ड

२१ श्रावण २०८०, आईतवार १७:५२


काठमाण्डौ,२१ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासँग सम्बन्ध कायम गर्न विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने आवाश्यक भएको बताएका छन ।

आइतबार पार्टी केन्द्रीय समितिको बैठक समापन गर्दै उनले यस्तो बताएका हुन । उनले जनताको एउटा पनि घर नछाडी गुनासो र आलोचना सुन्ने बताएका छन ।

उनले जनताको गुनासो र आलोचना सुन्ने, शहिद परिवारको आफन्तलाई भेट्ने अभियान थाल्ने बताएका छन । उनले आफूहरू कुनै पनि विधि र पद्दतिभन्दा बाहिर नगई काम गर्ने बताएका छन ।

मा‌ओवादी नेताहरू विचार र राजनीतिमा मात्रै नभई भावनात्मक रुपले पनि एकजुट भएको भन्दै उनले एक ढिक्का भएर मुख्य नेतृत्वको वरिपरि गोलबन्द भएर जनतासँग सम्बन्ध कायम गरेर जाने बताएका छन ।

उनले संघीय गणतन्त्र लगायतका परिवर्तनहरूको स्वामित्व लिनेगरी मा‌ओवादी नेताहरू भावनात्मक रुपले पनि एकजुट भएको पनि बताएका छन ।

उनले भने, ‘अहिले सरकारले थालेका सकारात्मक कामहरू जनतासम्म स्थापित गरेर, संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका परिवर्तनको स्वामित्व लिनेगरी जनतासमा जान हामी विचार र राजनीतिमा मात्रै सर्वसम्मत भएका छैनौँ, भावनात्मक रुपले पनि एकजुट भएका छौँ, ।

उनले बीचमा आफूहरू केही अन्योलमा परे पनि मा‌ओवादी जनताको भावना र चाहनालाई सम्बोधन गर्न जस्तोसुकै त्याग, तपस्या र बलिदानी गर्न पछि नहट्ने पार्टी भएकाले फेरि जाग्ने उनले बताएका छन ।