काठमाण्डौ,२१ साउन– कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गम्भीर प्रकृतिको मानवअधिकार उल्लंघनका घटनामा संलग्नहरुलाई आम माफी दिन नसकिने बताएका छन ।
नेता लेखकले गम्भीर प्रकृतिको मानवअधिकार उल्लंघनका घटनामा संलग्नहरुलाई आम माफी दिनेगरी सरकारले संसदमा पेश गरेको विधेयक परिमार्जन गर्न आफ्नो पार्टी तयार रहेको पनि बताएका छन ।
आज (आइतबार) मानवअधिकार तथा शान्ति समाजले संसदमा प्रस्तुत ‘केही नेपाल ऐन संशोधन विधेयकहरुका सम्बन्धमा’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले परिमार्जन गरेर अघि बढने पनि बताएकाका छन । उनले मुलुकमा न्याय, शान्ति हुने, हिंसा नहुने, मानव अधिकार रहने, कानुनको शासन पनि जिवित रहने र दण्डहिनता पनि समाप्त हुने ढंगले सो विधेयक संसदबाट पारित गराउने पनि बताएका छन ।
उनले मुलुकमा दण्डहिनताको अन्त्य हुने गरी विधेयकहरु अघि बढाउने विषयमा आफूहरुले गम्भिरतापूर्वक छलफल गर्ने समेत बताएका छन ।
उनले सशस्त्र द्वन्द्वकालका न्याय निरुपणका लागि भने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले काम गर्ने बताएका छन ।
उनले भने, ‘यो संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक र अहिलेको नेपाल ऐन संशोधन गर्नका लागि प्रस्तुत गरिएको विधेयकमा तालमेल छैन’ ‘वास्तवमा द्वन्द्वकालिन समयमा घटेका घटनामा पनि यो संशोधनले माफी दिने हो कि भनेर जुन चिन्ता व्यक्त गरिएको छ । त्यो चिन्ता जायज छ । दुईटा फरक कुरा हुन भन्ने मलाई लाग्छ ।’
