काठमाण्डौ,२१ साउन– नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले अहिले माओवादीमा प्रचण्डको प्रतिस्पर्धी गर्ने कुनै नेता नभएको दाबी गरेका छन ।
केन्द्रीय समितिको बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले अहिले अहिले पार्टीमा समानान्तर समिति नचाहिएको बताएका छन ।
उनले भने, अहिले सर्वोच्च कमाण्ड अध्यक्ष प्रचण्ड हुनुहुन्छ। प्रतिस्पर्धी पनि छैनन् । प्रतिस्पर्धी बन्न लायक जुन दिन आउँछन् त्यो दिन प्रतिस्पर्धामा अब्बलता जो आउँछन् त्यही दिन हुन्छन् ।’
उनले संगठनात्मक क्षेत्रमा देखिएका समस्या, गुटगत मानसिकता र भ्रष्ट आचरणलाई नियन्त्रण गर्नेगरी कार्यविभाजन बदलिएको बताएका छन ।
उनले भने, ‘अब कमजोरी सच्चाउँदै आत्मसमिक्षा गरेर अघि बढ्नुपर्छ भन्नेमा छौं । हिजोकै जनयुद्धकालीन समयमा झैं नयाँ संकल्पसहित माओ्वादीलाई पुनगर्ठन गर्ने, सरकारको भ्रष्टाचारविरोधी अभियानलाई साथ दिँदै अगाडि बढ्छ ।’
उनले भ्रष्टाचारको विषयमा दोषी देखिए पार्टीभित्र र बाहिर कसैलाई नछाड्ने पनि बताएका छन ।
