काठमाण्डौ,२१ साउन– पूर्व प्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टी दक्षिणपन्थी बनेको आरोप लगाएका छन ।
साथै उनले नेकपा एकीकृत समाजवादी स्वतन्त्र पहिचान बनाउन असफल भएको भन्दै माओवादी केन्द्रको पिछलग्गु बनेकोमा आक्रोश व्यक्त गरे ।
शनिबारबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा १६ पेज लामो लिखित ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ दस्ताबेज पेस गर्दै खनालले यस्तो बताएका हुन ।
उनले भनेका छन्, ‘आखिर हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बढ्यो ।’ साथै उनले नेपाली कांग्रेस र माओवादी दुवैले आफ्नो पार्टीलाई देशैभर धोखा दिएको आरोप पनि लगाएका छन ।
उनले भनेका छन, ‘हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराइदियो’ ‘कार्यकर्ताहरू देशव्यापी रूपमा निराश भए ।
त्यसपछि ‘बरु एमाले तिरै जाने’ भन्ने चिन्तनको विकास हुन थाल्यो र पलायन बढ्दै गयो ।’त्यस्तै उनले एमसीसी सम्झौतालाई कलङ्कको संज्ञा दिएका छन् ।
उनले भनेका छन, ‘यो एउटा गंभिर राष्ट्रिय मुद्दा थियो । अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अङ्ग बन्ने कि नबन्ने भन्ने सवाल थियो ।
अमेरिकाले हामीलाई ५५ करोड दिने सवाल होइन, हामी सम्मानपूर्ण ढङ्गले दिन्छ भने अमेरिकाबाट ५५ अर्ब डलर पनि लिन तयार नै छौ’ तर जुन सर्त र स्वार्थ उसले त्यो सम्झौतामा अघि सारेको छ, त्यसलाई मानेर हाम्रो पार्टीले समेत नेपाल र नेपालीको स्वाभिमानमा सदाका निम्ति कलङ्क लगाउने काम गर्योस ।
’एमसीसी सम्झौता राष्ट्रलाई दूरगामी रूपले प्रभाव पार्ने गल्ती भनेका छन् । ‘अझ कथित, व्याख्यात्मक घोषणा त्यो केहि मानिसहरूको लागि लाज ढाक्ने धोती बाहेक केहि भएन । त्यसलाई अहिले सम्मका घटनाक्रमले साबित गरेको छ’, खनालको गम्भीर आरोप छ ।
