काठमाण्डौ,१८ साउन–सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी छ । जारी बैठकमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक सुरु भएको हो ।
गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी रहेको छ ।
आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत पहिला झैँ कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना हुने भएको छ ।
