काठमाण्डौ,१८ साउन– नेपाल पत्रकार महासंघले महासंघका पूर्वमहासचिव उजिर मगरलाई ज्यान मार्ने धम्की दिएको भन्दै व्यक्त गरेको छ ।
पूर्वमहासचिव मगरलाई सुन तस्करीमा पक्राउ परेका दावा छिरिङका बारे समाचार लेखेको भन्दै उनका आफन्तले ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनामी गरिरहेकोप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाउँदै कारबाही गर्न माग राखेको छ ।
महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘पूर्वमहासचिव मगरको नाममा २०८० साउन १६ गते मंगलबार ‘लोकान्तर डट्कम’ मा ‘सुनकाण्डमा माओवादीका रोल्पाली नेतालाई टाउको दुखाइ बनेकी थबाङकी अमला’ शीर्षकमा सुन तस्करीमा संलग्न भनी अनुसन्धानका लागि पक्राउ परेका तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङका बारे समाचार सम्प्रेषण भएको थियो ।
सोही विषयलाई लिएर अनुसन्धानका लागि पक्राउ परेका दावा छिरिङकी पत्नी अमला रोकाका बहिनी ज्वाइँ बिन्दु बुढाका श्रीमान बागलुङ, ढोरपाटन–४, वर्ष ४६ का खगेन्द्र छन्त्याल, कमलाकी भान्जी दीपा श्रेष्ठ, दाइ अमरले आफूलाई ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनाम गर्ने काम गरिरहेका पूर्वमहासचिव मगरले महासंघलाई जानकारी गराएका छन ।
साथै छिरिङसँग नाता जोडेका खगेन्द्र छन्त्यालले पनि पूर्वमहासचिव मगरलाई ‘जहाँ भेटिन्छ त्यहीँ मार्ने’ धम्की दिंदै ।
