काठमाण्डौ,१८ साउन– प्रहरीले ११ वर्षीया बालिकालाई जबरजस्ती करणी तथा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पाल्पाबाट एक जना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका ८ पाँडेखर्कका २२ वर्षीय विशाल ठडराई रहेको प्रहरीले बताएको छ । उनलाई प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको हो ।
विशालले ११ वर्षीया बालिकालाई गत आइतवार बिहान बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दर्ता भएको थियो । साथै सोही दिन उनले १३ वर्षीया बालिकालाई पनि बलात्कारको प्रयास गरेको उजुरी परेको प्रहरीले जानकारी दिएको छ ।
सोही उजुरीका आधारमा प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
