प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण गर्दा झण्डै एक करोड खर्च

१८ श्रावण २०८०, बिहीबार १४:५९

काठमाडौं, १८ साउन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेको बेला सहभागी प्रतिनिधिमण्डलको भ्रमणका दौरान राज्यकोषबाट झण्डै एक करोड रुपैयाँ खर्च भएको छ ।

भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत ९५ लाख २७ हजार रुपैयाँ खर्च भएको
अर्थ मन्त्रालयका जनाएको छ । असार २०८० मा अर्थले विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत सो रकम खर्च भएको जानकारी दिएको हो ।

मन्त्रिपरिषद्को १५ जेठको बैठकले यो खर्च स्वीकृत गरेको थियो । प्रचण्ड १७ जेठमा भारत भ्रमणका लागि प्रस्थान गरेका थिए । उनको भ्रमण टोलीमा मन्त्रीहरुसहित जम्बो टोली सहभागी थियो ।