ओलीलाई भेट्न कांग्रेसका नेता विश्वप्रकाश शर्माकी छोरी पुगीन् ओली निवास बालकोट

१८ श्रावण २०८०, बिहीबार ११:५५

काठमाडौं, १८ साउन– नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माकी कान्छी छोरी स्वीकृती साथीहरुसहित ओली निवास बालकोट पुगेकी छन् ।

(हिजो) बुधबार उनी आफ्नो विद्यार्थीहरुसहित बालकोट पुगेकी हुन् । उनीहरुले ओलीलाई ‘बा’ सम्बोधन गर्दै खुलेर आफ्ना कुरा राखे । खासमा उनीहरु ‘एड टक्स’ नाम संगठनका तर्फबाट त्यहाँ गएका थिए ।

उनीहरुले ओलीलाई आउँदो भदौ १८ गते बुबाको मुख हेर्ने दिनमा आयोजना गर्ने विशेष कार्यक्रमको निम्तो समेत दिएका छन् । ओलीले विद्यार्थीहरुको निम्तो सहजै स्वीकार गरेका छन् ।

एड टक्सका अनुसार ‘बासँग विद्यार्थी’ नाममा कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ । सो भेटघाटको भिडिओ टिकटकमा अपलोड गरिएको छ, जसलाई ओलीले आफ्नो पेजबाट पनि शेयर गरेका छन् ।