काठमाण्डौ, १७ साउन– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना एमालेमा प्रवेश गरेका छन । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई एमालेमा स्वागत गरेका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमालेमा प्रवेश गरेका हुन् ।
