काठमाण्डौ, १७ साउन– प्रहरीले अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न पुगेका तामाङ कलाकारसहितका २८ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा ६ जना महिलासहित २८ जना रहेको टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारीले जानकारी दिएका छन ।
तामाङ समुदायलाई होच्याएर अभिव्यक्ति दिएको भन्दै नेपाल तामाङ घेदुङका तर्फबात कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएको अधिवक्ता पाण्डेले बताएका छन ।
यही क्रममा आन्दोलन गर्न पुगेका तामाङ कलाकारहरूले परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको जनाइएको छ ।
