काठमाण्डौ, १६ साउन– कांग्रेस सांसद प्रदीप पौडेलले पछिल्लो सुन तस्करी प्रकरणको छानबिन गर्न छुट्टै छानबिन समिति बनाउनुपर्ने बताएका छन ।
प्रमुख प्रतिपक्ष दल एमालेले सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई दबाब दिइरहेका बेला उनले पनि सो आवश्यकता रहेको बताएका छन ।
आज मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सांसद पौडेलले यस्तो बताएका हुन । उनले सरकारले प्राविधिक पक्षलाई समेत ख्याल गरेर पूर्वन्यायाधिशको नेतृत्वमा समिति गठन गरी त्यसको निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने बताएका छन ।
उनले सो छानबिनलाई निर्मम ढंगले अघि बढाउन संसद्ले कडा निगरानी राख्नुपर्ने समेत बताएका छन । सांसद पौडेलले सो प्रकरणको छानबिनको विषयलाई सरकारले गम्भीरतापूर्वक नलिएको आरोप पनि लगाएका छन ।
