सत्ता गठबन्धन र एमालेबीच सहमति नभएपछि आज बस्ने भनिएको संसद बैठक एक साता स्थगित

१६ श्रावण २०८०, मंगलवार १५:२२

काठमाण्डौ, १६ साउन– सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक २२ साउनसम्मका लागि स्थगित गरिएको छ ।

आज मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दैन नबसी २२ साउनसम्मको लागी स्थगित गरिएको हो । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी प्रतिनिधिसभा बैठक २२ साउनको दिउँसो १ बजेका लागि तोकिएको जानकारी दिएको छ ।

एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गरेको छ । तर सत्तारुढ गठबन्धनले उक्त समिति गठन गर्न अस्वीकार गर्दै आएको छ ।