गुडिरहेको रेलभित्र प्रहरी जवानले गोली प्रहार गर्दा चार जनाको मृत्यु, प्रहरी जवान पक्राउ

१६ श्रावण २०८०, मंगलवार १३:३६

एजेन्सी– भारतको मुम्बईनजिकै एउटा यात्रुवाहक रेलमा प्रहरीले गोली हानी चार जनाको हत्या गरेका छन । उक्त अभियोगमा भारतीय रेल सेवाको सुरक्षाका लागि खटिएका एक प्रहरी जवान पक्राउ परेका छन्।

रेलवे प्रोटेक्शन फोर्स आरटीएफुमा कार्यरत चेतन कुमारमाथि एक वरिष्ठ सुरक्षा अधिकारी र तीन यात्रुको गोली हानी हत्या गरेको आरोप लागेको छ ।

अधिकारीहरूले उनको नियतबारे अनुसन्धान भइरहेको र मृतकहरूको पहिचान गर्ने प्रयासमा आफूहरू रहेको जानकारी दिएका छन ।भारतीय रेलसेवामा यात्रु र सम्पत्तिको सुरक्षाका लागि आरटीएफका सुरक्षाकर्मीहरू परिचालित गरिन्छ।

पश्चिमी राज्य राजस्थानको जयपुरबाट महाराष्ट्रको मुम्बई जाँदै गरेको रेलमा स्थानीय समयानुसार सोमवार बिहान ५: ३० बजे उक्त घटना भएको थियो।