काठमाण्डौ, १६ साउन– काठमाडौं महानगरपालिकाले व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल जानकारी दिन सेवाग्राहीलाई आग्रह गरेको छ ।
महानगरले व्यावसायिक भवनले पार्किङ शुल्क लिए ९८५१०५१६१० मा फोन गर्न आग्रह गरेको छ । कामपाले सम्पर्क अघिकारीको रूपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ ।
शुल्क लिन नपाउने विषयमा कामपाले यस अघिनै सूचना सार्वजनि गरेको थियो । कामपाको आर्थिक ऐन, २०८० ले निजी मार्ट, रेष्टुराँ, सपिङ् कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीबाट सवारी पार्किङ् गरेबापत शुल्क लिन नपाउने व्यवस्था गरेको काठमाण्डौ माहानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन ।
माहानगको सूचनालाई बेवास्ता गरी कतिपय सेवाग्राहीले शुल्क तिर्नु परेको गुनासो गरेपछि कामपाले सम्पर्क अधिकारीमार्फत गुनासो सुन्ने प्रबन्ध मिलाएको पाण्डेले जानकारी दिएका छन ।
ऐनमा निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले कामपाबाट पूर्वअनुमति लिनुपर्ने व्यवस्था रहेको छ । क्षेत्र र समयका आधारमा महानगर आफैँले वा निजी क्षेत्रको सहयोगमा पार्किङ सञ्चालन व्यवस्थापन हुनेछ ।
न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायतका भित्री सहरी क्षेत्र त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्ममध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ ।
यस क्षेत्रमा सवारीसाधन पार्किङगरेबापत दुई पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म १५ र प्रति घण्टा २५ कायम गरिएको छ । यसैगरी चार पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म ५० र प्रति घण्टा ८० कायम गरिएको छ ।
क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेक अन्य स्थानलाई क्षेत्र नं २ मानिएको छ । यी क्षेत्रमा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गरेबापतप्रति घण्टा १५, चार पाङ्ग्रे लागि ४० र चार पाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रति घण्टा १०० रुपैयाँ तोकिएको छ ।
