काठमाडौं, १६ असार – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
मंगलबार (आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबी भेटवार्ता भएको हो । भेटवार्तामा प्रधानन्यायाधीश सिफारिस लगायतका विषयमा उनीहरुबीच छलफल भएको हो। यस्तै प्रधानमन्त्रीले प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद बैठक बोलाएका छन्। हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अवकाश हुँदैछन्।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटको मुख्य एजेण्डा संसदमा जारी अवरोध हटाउने रहेको समेत बताइएको छ।
