काठमाण्डौ, १६ साउन– आज मंगलबार संवैधानिक परिषद् बैठक बस्दैछ । प्रधानन्यायाधीशको नाम सिफारिसका लागि परिषद्को बैठक अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन अब ४ दिन मात्रै बाँकी छ । उनको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म नाम सिफारिस भएको छैन ।
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएको थियो ।
