एमालेमै फर्किए फेरि नेकपा एसका दर्जनौ नेता तथा कार्यकर्ताहरु

१६ श्रावण २०८०, मंगलवार ११:१२

काठमाडौं, १६ साउन– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमै फर्किएका छन । सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती एमालेमै फर्किएको एमाले सर्लाहीका नेता चूडामणि वाग्लेले बताए ।

एमाले नेताहरु हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग पार्टी प्रवेशका लागि उप्रेती सोमबार साँझ ओली निवास बालकोट पुगेका थिए ।

एमाले छाडेका उप्रेतीलाई पुनः पार्टीमा फर्काउन सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले पहल गरेका थिए ।तत्कालीन हरिवन गाविसका पूर्वअध्यक्षसमेत रहेका उप्रेती ०७४ मा एमालेबाट प्रदेश सांसदका उम्मेदवार थिए ।