कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर प्रहरी जवान कठायतको मृत्यु

१५ श्रावण २०८०, सोमबार १३:५६


काठमाण्डौ,१५ साउन– कैलालीको गोदावरी नगरपालिका–३ स्थित चौकिडाँडामा दुर्घटनामा परेर एक जना प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार प्रहरी जवान कपिल कठायत रहेका छन । कठायतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिएका छन ।

कपिल कठायत नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत रहेका थिए । गएराति कठायतले चलाएको सुप प्रदेश–७३२० नम्बरको मोटरसाइकल र सुप प्रदेश–६४१९ नम्बरको ट्याक्टर आपसमा ठोक्किएको डिएसपी चन्दले जानकारी दिएका छन । मोटरसाइकल पछाडि सवार अर्का प्रहरी जवान हेमराज डाउडा घाइते भएका छन ।

उनको उपचार भइरहेको प्रहरीले बताएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।