काठमाण्डौ,१५ साउन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
३ साउनमा त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्वीन्टल सुन सिनामंगलबाट बरामद भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्गर्ततको राजश्व अनुसन्धान विभागले उक्त सुन बरामद गर्न सफल भएको थियो ।
सुन तस्करीको अनुसन्धान राजश्व विभागले नै गर्दै आएको छ । राजश्व अनुसन्धान विभागले नेपाल प्रहरीको समेत सहयोग लिएर अनुसन्धान प्रकिया अगाडि बढाएको छ ।
अनुसन्धान निष्कर्षमा पुग्ने र सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गरिने प्रधानमन्त्री प्रचण्डले बताएका छन । आज सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
