कञ्चनपुरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुवात

१४ श्रावण २०८०, आईतवार १७:३५


काठमाण्डौ, १४ साउन– डिश मिडिया नेटवर्क लि. (डिशहोम) ले कञ्चनपुरको महेन्द्रनगरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुवात गरेको छ ।

१२ साउन देखी डिशहोमका तर्फवाट हेड रेभिन्यु एण्ड एम्प, कलेक्सन उज्जल न्यौपाने, क्षेत्रीय बिक्री प्रबन्धक बिपेन्द्र न्यौपाने, सिनियर सेल्स अफिसर कमल रिमाल र डिलरको तर्फबाट बब्लु भट्टको उपस्थितिमा सम्पन्न भएको थियो ।

सो सोरुमको सञ्चालन रोयल मल्टी प्रपोज ले गर्नेछ ।विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको रोयल मल्टी प्रपोजले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने कम्पनीले जनाएको छ ।

८५० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको रोयल मल्टी प्रपोजले अव अझ बढी ग्राहकहरूकोमाझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने रोयल मल्टी प्रपोजका सञ्चालक दिनेश चन्दले जानकारी दिएका छन ।