गृह मातहतकै सुरक्षा निकायको बलियो उपस्थिति हुने विमानस्थलबाट २२ पटक कसरी सुन गयो ?: प्रदीप ज्ञवाली

१४ श्रावण २०८०, आईतवार १५:५५

काठमाडौं, १४ साउन – एमालेका पूर्व परराष्ट्र मन्त्री एवम् उपमहासचिव प्रदीप ज्ञवालीले सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई कारवाही गर्नुे पर्ने बताएका छन् ।

सुन तस्करी प्रकरणको सरकारले इमान्दारीपूूर्वक छानबिन नगरेको भन्दै ज्ञवालीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रचारबाजीमा मात्र नलाग्न आग्रह गरे ।

आइतबार (आज) एमालेको सुुदूूरपश्चिम प्रदेशको स्कुल विभागले धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ज्ञवालीले भने, ‘सुुन तस्करी र भ्रष्टाचारका कुुरालाई लिएर नाटक मञ्चन भइरहेको छ । टेबुल सफा गर्न सबभन्दा हात सफा हुुनुपर्छ । २२ पटक सुुन तस्करी गरेपछि २३ औँ पटक कुनै कुुरा नमिलेपछि समातिएको रहेछ ।’

गृहमन्त्रालय मातहतकै सुरक्षा निकायको बलियो उपस्थिति हुने विमानस्थलबाट यसअघि कसरी सुन तस्करी भयो भनी उनले प्रश्न समेत गरे । ‘गृहमन्त्री कसैलाई छोड्दिन भनेर जुँगामा ताउ लगाउदै बसेका छन् । गृह मातहतकै सुरक्षा निकायको बलियो उपस्थिति हुने विमानस्थलबाट २२ पटक कसरी सुन गयो ? उहाँले मुख्य नाइके को हुन् तत्काल पत्ता लगाउनुपर्छ’ ज्ञवालीले भने ।