सुन तस्करीमा संलग्न आशंकामा सामाखुसीबाट थप एकजना पक्राउ

१४ श्रावण २०८०, आईतवार १२:३२


काठमाण्डौ, १४ साउन– राजस्व अनुसन्धान विभागले एक क्वीन्टल सुन तस्करीमा संलग्न रहेको आशंकामा काठमाण्डौको सामाखुसीबाट थप एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दावा छिरिङ रहेका छन । सशस्त्र प्रहरी बलको सहयोगमा उनलाई पक्राउ गरिएको राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले जानकारी दिएका छन ।

हङकङबाट ‘रेडी ट्रेड प्रालि’ ले मगाएको करिब १ सय किलो सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेरको थियो ।

सुन तस्करीमा संलग्न आशंकामा छिरिङसहित हाल सम्म १८ जना पक्राउ परि सकेका छन । ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ मा लुकाएर सुन काठमाण्डौ ल्याएको थियो ।