दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्ने अवसर, भाषा परीक्षाका लागि आवेदन दिन आह्वान

१४ श्रावण २०८०, आईतवार ११:५७

काठमाण्डौ, १४ साउन– दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्न जान चाहनेहरुलाई फारम भर्न ईपीएस कोरिया शाखाले आह्वान गरेको छ ।

ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले आज सूचना प्रकाशित गर्दै भाषा परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ।

आवेदकले अनलाइनबाट मात्र फारम भर्नुपर्ने छ । फारम दर्ताको म्याद साउन २० गतेदेखि २४ गतेसम्म हुनेछ । भाषा परीक्षा हुने स्थान र समय भदौ ८ गते शुक्रबार प्रकाशित गरिने सूचनामा उल्लेख छ ।

भाषा परीक्षामा पास हुनेहरुले दोस्रो चरणमा सीप परीक्षा दिनुपर्ने छ । भाषा परीक्षा, सीप परीक्षण र स्वास्थ्य परीक्षणमा पास भएपछि मात्र रोजगार आवेदन फारम भर्न पाइने छ ।