काठमाडौं, १३ साउन– सुडानमा नेपाली शान्ति सैनिक एक जना मृत अवस्थामा भेटिएका छन् ।
सुडानमा तैनाथ शान्ति सैनिक अमल्दार राम बहादुर बाँठाको झुन्डिएको अवस्थामा मृत भेटिएका छन। उनी शेर गण (शान्ति सेना) बाह्रौँ डफ्फामा कार्यरत रुम्बेकस्थित गण हेर्डक्वार्टमा झुण्डिएको अवस्थामा विहीबार भेटिएका हुन।
उनी जाजरकोटको भेरी नगरपालिका –६ का बासिन्दा हुन।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शव पोष्टमार्टमपछि नेपाल ल्याउनेछ ।
