काठमाडौं, १२ साउन – नेकपा (एमाले) नेता महेश बस्नेतले ७० करोड काण्ड सब पारिजातको मैंले नजन्माएको छोरा भने जस्तै नक्कलि काण्ड भएको र एमाले सबैको छानबिन गर्न तयार रहेको बताएका छन् ।
नेता बस्नेतले शुत्रबार (आज) विहान सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै एमालेलाइ बदनाम गराउन सरकारको कुनै कारोबार नभएको ओम्नी काण्ड , २५ बर्ष देखि गोकर्ण जंगलमा संचालित रिसोर्ट लिज नवीकरण गरिएको यति काण्ड र सेक्युरिटी प्रेस संचालन गर्ने दौरानमा गोकुल बाँस्कोटाको भनिएको अडियो ७० करोड काण्ड सबै पारिजातको मैंले नजन्माएको छोरा भने जस्तै नक्कलि काण्ड र एमाले सबैको छानबिन गर्न तयार भएको बताएका हुन् ।
उनले समाजिक सञ्जाल फेसबुकमा लेख्छन्,“भिम उपाध्याय लेख्छन “कि सुन छाड कि पद छाड, नत्र संसद चल्न दिदैनौं! “
रबि लामेछाने भन्छन “मन्त्रीको सेटिङ्ग त हो तर अहिले राजिनामा माग्दिन ।
नारायणकाजी भन्छन ” माओबादी काँग्रेस एमाले कसैलाई छाड्दिन ।”
१) ओली सरकारले ब्यबस्थापन गरेको लाइभ
अनलाइन मनिटरिङ्ग सिस्टम १ बर्ष देखि बिगारिएको छ जुन मार्फत भन्सार प्रमुख देखि मन्त्री सम्मको कोठा बाट सबै यएरपोर्ट र भन्सार का गतिबिधी सिसि टिभि फुटेज हेर्न सकिन्थ्यो , त्यो किन बिगारियो ?
२) नेपालमा सबैले भारतिय मोटर साइकल चढ्छन् जो by road आउँछ । अनि ring piston र brake shoe जस्ता मर्मत सामाग्री Hongkong बाट by air आउँछ , किन ?
३) एक पटक होइन ३३ पटक १ सय ५५ होइन ३३ सय किलो सुन बिनारोकतोक Airport बाट निकासा भएको छ ।
४) प्रत्येक सुन escorting सहित India तर्फ गईरहेको अनुमान गरिएको छ।
५) उक्त तष्करी गरिएको सुन गृह या अर्थले होइन राजस्व अनुसन्धानले सिनामंगलमा Taxi बाट समाएको हो ।
६) भन्सार प्रमुख र प्रहरी प्रमुख बिदामा बसेको बेला ७ सय इ चुरोट मा लुकाएर ९ किलो आधा सुन आएको थियो।
७) उक्त इ चुरोट लिलामी गर्न माओबादी नेता महरा र उनको छोराले भन्सारमा दबाब दिएको र बारम्बार सम्बन्धित तष्करहरु संग १ सय ३२ कल गरेको देखिन्छ।
८) भन्सार कार्यालयको स्टोर किपर रेवन्त खड्का समातिएको र उस्को घरबाट ६ करोड नगद बरामद भएको छ ।
९) यो सब असक्षम गृह र अर्थ मन्त्रीको सेटिङ्गमा भएको अनुमान गरिएकाले नेकपा एमाले र केही काँग्रेसका सांसदहरुले उनीहरुको राजिनामा माग गरिएको हो।
१०) ०४५ सालमा हावा हुरी को कारण खेल हेरी रहेका रंगशालाका दर्शक भागदौड भएको घटनानाका कारण पुर्ब मन्त्री केशर बहादुर बिष्टले राजिनामा दिए ।
११) त्यसै गरी ओली सरकारका मन्त्रीहरु गोकुल बाँस्कोटा र शेर बहादुर तामाङ्ग केही सामान्य बिबादित भनाइको कारण राजिनामा दिएका थिए ।
१२) यस्तो बेलामा माओबादी नेता कार्यकर्ता एमालेलाई नङ्गाउने र काँक्रो आफु खाने अनि बियाँ एमालेको निधारमा टाँसेर भष्ट्राचारको आरोप लगाई रहेका छन्।
१३) अस्तित्व रक्षाको लडाँइमा रहेको ५ दलको आडमा ३२ सिट ल्याएको र एमालेलाई सकाउने कसम खाएर बिदेशी प्रभुको आडमा रहेको प्रचण्ड र नारायण काजी आफ्नो सत्ता अबधी बडाउन जे पनि गर्ने र नेपाललाई पाकिस्तानको जस्तो पुर्बाग्रहको राजनीतिमा लान खोज्दैछन् ।
१४) रबि लामेछाने सेटिङ्ग त हो तर अहिले राजिनमा माग्ने बेला भएको छैन भन्दैछन र भिम उपाध्यायहरु एमालेलाई आक्षेप लाउँदैछन , किनकि इनीहरु मन्त्री र सचिब हुँदा यो प्रकरणमा संलग्न नहोलान् भन्न सकिन्न छानबिन यता पनि हुनु पर्दछ ।
१५) भुटानी शरणार्थी प्रकरणमा सन्देश शर्माहरुको अडियोमा नाम आएको आरजुले लिएको भनिएको २ करोड र मंजु खांडले लिएको भनेको ६ करोडको बारेमा किन अनुसन्धान गरिएन ?
१६) भुटानी शरणार्थी नेता टेक नाथ रिजाल ले बयानमा मैंले प्रचण्ड प्रधानमन्त्री भएको बेलामा उहाँकै कक्षमा टोप बहादुर रायमाझीलाई राखेर नक्कली भुटानि शरणार्थी बनाएको हो भनेका छन् । के छानबिन प्रचण्ड माथी गर्ने हिम्मत छ ?
१७) बालुवाटार जग्गा प्रकरणमा संलग्न कर्मचारी गिरफ्तार गरिएका छन् तर क्याबिनेट बाट निर्णय गराउने पुर्ब प्रधानमन्त्रीहरु माधब नेपाल , बाबुराम भट्टराई पुर्ब मत्री बिजय कुमार गच्छेदार अनि पुर्ब मुख्य सचिब लिलामणी पौडेल माथी किन छानबिन भएन ?
१८) लडाकु क्यान्टल्मेण्ट काण्ड , पुर्ब अर्थमन्त्री जनार्दन शर्माको करका दर रेट फेरबदलको सेटिङ्ग काण्ड , वाइडबडी काण्ड जस्ता काण्ड छानबिन गर्ने हिम्मत छ त गृह मन्त्री ज्यु ?
१९) अनि एमालेलाइ बदनाम गराउन सरकारको कुनै कारोबार नभएको ओम्नी काण्ड , २५ बर्ष देखि गोकर्ण जंगलमा संचालित रिसोर्ट लिज नवीकरण गरिएको यति काण्ड र सेक्युरिटी प्रेस संचालन गर्ने दौरानमा गोकुल बाँस्कोटाको भनिएको अडियो ७० करोड काण्ड यो सब पारिजातको मैंले नजन्माएको छोरा भने जस्तै नक्कलि काण्ड हो एमाले सबैको छानबिन गर्न तयार छ।”
