मलाई ‘केपी बा’ इन्स्ट्राग्राममा फलो गर्नुस् ल’: केपी ओली

१२ श्रावण २०८०, शुक्रबार १६:०६

काठमाण्डौ, १२ साउन– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल ‘इन्स्ट्राग्राम’मा फलो गर्न सबैलाई आग्रह गरेका छन् ।

आज (शुक्रबार) आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनले इन्स्टाग्राममा आफ्ना अनुभव र सिकाइहरू नियमित रूपमा राख्दै आएको बताउँदै उनले सो सञ्जालमा आफूलाई फलो गर्न आग्रह गरेका हुन ।

उनले भनेका छन्–‘तपाईँले जानेको ज्ञान अरूसम्म प्रसारित गर्नुहोस् । ज्ञान प्रसारण गरेर घट्दैन । यसलाई जति बाँड्यो त्यति बढ्छ । जति सञ्चित ग¥यो त्यति नोक्सान हुन्छ ।

म आफूले आर्जन गरेको ज्ञान घट्दै गएर समाप्त भएको हेर्न रुचाउँदिनँ । म आफ्नो ज्ञानलाई सकेसम्म धेरै ठाउँमा पुर्याउन चाहन्छु र यसमा प्रयासरत पनि छु । यसैकारण मैले मेरो इन्स्टाग्राममा आफ्ना अनुभव र सिकाइहरू नियमित रूपमा राख्दै आएको छु ।

मलाई इन्स्टाग्राममा फलो गर्नुहोस् ल ।’सामाजिक सञ्जालहरुमा सक्रिय भइरहेका एमाले अध्यक्ष ओलीले पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा रहेका आफ्नो पेजमा फलो गर्न आग्रह गर्दै आइरहेका छन् ।

https://www.instagram.com/_kpbaa/