राष्ट्रपति पौडेलद्वारा मिटर व्याजसम्बन्धी विधेयक प्रमाणीकरण

१२ श्रावण २०८०, शुक्रबार १५:२६


काठमाण्डौ, १२ साउन– राष्ट्रपति रामचन्द्र पौडेलले मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन । आज शुक्रबार राष्ट्रपति पौडेलले मिटर व्याजसम्बन्धी (मुलुकी संहिता) केही नेपाल ऐनलाई संशोधन गर्न बनेको सो विधेयक प्रमाणीकरण गरेका छन ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।

सो विधेयक बिहीबार राष्ट्रियसभाबाट सर्वसहमतिले पारित भएको थियो ।