एजेन्सी–भारतको राजधानी नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको एक जहाजभित्र यौन उत्पीडनको घटना बाहिरीएको छ ।
उडानका दौरान एक महिला यात्रुमाथि छेडखानी गरेको आरोप पटनाका रोहित श्रीवास्तवमाथि लागेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन ।
आरोपित पेशाले प्रोफेसर हुन् । महिला भने २४ वर्षीया डाक्टर रहेको सञ्चारमाध्यमले जानकारी दिएका छन् । यो घटना इन्डिगो एयरलाइन्समा २६ जुलाइका दिन भएको हो ।
महिला यात्रुको उजुरीपछि प्रहरीले ती प्रोफेसरलाई पक्राउ गरेको हो । समाचार अनुसार दुवै यात्रु आसपासको सिटमा रहेका थिए । जहाज साढे ५ बजे साँझ उडेको भारतिय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
