काठमाण्डौ, ११ साउन– कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफ्नो कदमलाई सर्वोच्च अदालतले ‘करेक्सन’ गरिदिएको बताएका छन ।
कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा समर्थन गर्ने गौतमको कदमलाई बिहीबार सर्वोच्च अदालतले अवैधानिक ठहर गरिदिएपछि गौतमले आफ्नो कदमलाई सर्वोच्चले सच्याइदिएको बताएका हुन् ।
उनले भने,‘म आफैं संविधानतः चल्नुपर्ने मान्छे, त्यो एउटा नयाँ परिवेशमा, परिस्थितिमा एउटा खालको निर्णय गरिएको थियो, सर्वोच्चले त्यसलाई करेक्सन गर्योो, ‘सर्वोच्चको अन्तिम आदेशलाई मैले बेठीक रुपमा लिने कुरा आउदैन ।’
उनले सर्वोच्च अदालतको फैसललाई सम्मान गर्ने पनि बताएका छन । सभामुख गौतमले आफूले राजीनामा दिनेबारे नसोचेको बताएका छन । उनले कसैले आफ्नो राजीनामा माग पनि नगरेको बताएका छन ।
आदेशले नैतिक संकट पर्योफ नि भन्ने प्रश्नमा उनले भने, ‘सर्वोच्चले नयाँ विधिमा ढालेको छ, एउटा निर्णय दिएको छ, त्यो निर्णयलाई परिपालन गर्ने हो । त्यो राजीनामा हल्ला मात्रै हो ।’
