नेपालले एसिया छनोटको प्रारम्भिक चरणमा लाओससँग खेल्ने

११ श्रावण २०८०, बिहीबार १४:०१

काठमाण्डौ, ११ साउन– सन् २०१६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपको एसिया छनवटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने भएको छ ।

आज (बिहीबार) मलेसियाको क्वालालम्पुरमा भएको प्रारम्भिक चरणको ड्र मा नेपालले प्रतिद्वन्द्वी पाएको हो ।

नेपाल रहेको समूह ए मा अफगानिस्तान, माल्दिभ्स, सिंगापुर, म्यानमार, कम्बोडिया, चाइनिज ताइपेइ, इन्डोनेसिया, हङकङ, चाइना र यमन ।