रकम ठगी गरेको आरोपमा मौसम मग्राती पक्राउ

१० श्रावण २०८०, बुधबार १९:५८

काठमाडौं, १० साउन – रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका ७ घर भई हाल भक्तपुरको सूर्यविनायक बस्‍ने ३१ वर्षीय मौसम मग्रातीले माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मग्रातीलाई काँडाघारीबाट पक्राउ गरेको हो । अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुुसार उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।