सुन प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै संसदमा रास्वपाको जरुरी सार्वजनिक महत्वको प्रस्ताव

१० श्रावण २०८०, बुधबार १४:५६


काठमाण्डौ, १० साउन– राष्ट्रिय स्वतन्त्र पार्टीले अवैध सुन आयात प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेको छ ।

‘भन्सारबाट एक क्विन्टल सुन कसरी पास भयो भन्ने विषयमा प्रश्न छ । यस सम्बन्धमा निष्पक्ष छानबिन हुन पर्योस भनेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव सभामुखलाई बुझाएका छौं, सांसद मनिष झाले भने ।’

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने जस्तो उग्र राजनीति नगरी सुन प्रकरणको छानबिनको माग गर्दै लोकतान्त्रिक पद्धतिलाई सहयोग गर्नका लागि प्रस्ताव लगेको उनले जानकारी दिएका छन ।प्रस्तावमा २० जना सांसदको हस्ताक्षर गरेका छन ।