अष्ट बचत तथा ऋण सहकारी विरुद्ध अदालतमा मुद्दा दायर

१० श्रावण २०८०, बुधबार १४:१७

काठमाडौं, १० साउन – काठमाडौंको न्यूरोडमा रहेको अष्ट बचत तथा ऋण सहकारी संस्थाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

बचतकर्तालाई ठगेर भागेपछि प्रहरीले लिएको बयानपछि सरकारी वकिलाको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । सहकारीका अध्यक्ष अनिल खड्का लगायत सञ्चालक अहिले फरार रहेका छन् ।

सहकारीका बचतकर्ताले पैसा फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । बचतकर्ताले उजुरी दिएपछि संस्थाका अध्यक्षसँग पहिला नै बयान लिइएको थियो ।

उनले तत्कालिन समयमा बयान दिँदा आफु संस्थामा २०७५ सालदेखि प्रबन्ध निर्देशकको रुपमा काम गरेको स्वीकारेका छन् । त्यो समयमा सहकारीको संचालक समितिको अमध्यक्षमा सरिता महर्जन रहेको र अध्यक्ष महजर्नले सहकारीको सञ्चालन गर्न आफुलाई सुम्पिएको दाबी गरेका छन्।