काठमाडौं, १० साउन – सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२३’ को शिर्ष ताज गायत्री गोसाईले पहिरिन सफल भएकी छिन ।
सोमबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा गोसाईले शिर्ष उपाधीसंगैसंगै बिधागततर्फको मस्ट पपुलर अवार्ड पनि प्राप्त गरेकी हुन् । यस्तै संगीना ईटनीले फर्स्ट रनर अपको उपाधीसंगै मिस फोटोजेनिक अवार्ड हात पारिन । बिधागत अवार्ड तर्फ बेस्ट ड्रेस सुष्मा तामाङ, मिस ट्यालेन्ट उषा पुन र बेस्ट वाक आस्था श्रेष्ठ घोषित भए ।
मोडल सङ्ग्स नेपालद्वारा उत्कृष्ट सुपर मोडलको खोजी स्वरुप सुरु गरेको उक्त प्रतियोगितामा छनोटचरण पार गरेर आएका प्रतिस्पर्धीहरुको व्यक्तित्व बिकास तथा मोडलिङ क्षमता अभिवृद्धि सम्बन्धित करिब एक महिना लामो प्रशिक्षण दिएको थियो ।
आयोजक संस्था मोडल सङ्ग्स नेपाल अध्यक्ष स्वस्ती दंगालका अनुसार प्रतिस्पर्धीहरुलाई अन्तिम स्पर्धामा स्टेजमा उतारिएको हो। रोजिन शाक्यको कोरियोग्राफी तथा परमानन्द चौधरीको निर्देशनमा संचालित प्रतियोगितामा दीपक घिमिरे, रेजिना तुलाधर, धिरज तण्डुकार, प्रमिला सिलवाल र सजिना बिष्ट त्रिपाठी निर्णायक रहेका थिए।
