मेसीको २ गोलमा इन्टर मियामीको लगातार दोस्रो जित

१० श्रावण २०८०, बुधबार १२:३५

काठमाण्डौ,१० साउन– कप्तान लिओनल मेसीले अमेरिकामा आफ्नो लय कायम राख्दै लगाता दोस्रो खेलमा गोल गर्न सफल भएका छन ।

मेसी र रोबर्ट टेललरे दुई–दुई गोल गरेपछि लिग कप साउथ ३ समूहमा इन्टर मियामीले बुधबार बिहान एटलान्टा युनाइटेडलाई ४–० गोलले हराउन सफल भएको थियो ।

डीआरऐ पिएनके स्टेडियममा भएको खेलमा मेसीले खेलको आठौं मिनेटमै गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा रोबर्ट टेलरको पासमा मेसीले व्यक्तिगत दोस्रो गोल गरी अग्रता दोब्बर पारेका थिए ।

खेलको ४४औं मिनेटमा रोबर्ट टेरलले गोल गरेपछि पहिलो हाफमै इन्टर मियामीले ३–० को अग्तरा बनायो । ५३औं मिनेटमा मेसीकै पासमा रोबर्ट टेलरले व्यक्तिगत दोस्रो गोल गर्न सफल भएका थिए ।

८४ औं मिनेटमा क्रिस्टोफर म्याकभेले रातो कार्ड पाएपछि इन्टर मियामी दश खेलाडीमा समेटिएको थियो । भ्याकभेले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा लडाएपछि एटलान्टाले ८६औं मिनेटमा पेनाल्टी प्राप्त गरेपनि गोल गर्न सकेन ।

थियागो अलमाडाको पेनाल्टी प्रहार इन्टर मियामीका गोलकिपर ड्राक क्यालेन्डरले बचाए । यसअघि मेसीले डेब्यु खेलमै गोल गर्दा इन्टर मियामीले क्रुज अजुललाई २९१ ले पराजित गरेको थियो ।

लिग कपको साउथ तीन समूहमा लगातार दुई खेल जितेपछि इन्टर मियामी समूह विजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको छ ।