पूर्वमिस नेपाल माल्भिका सुब्बाले किन रियाजसँग सम्बन्ध विच्छेद गरिन् ?

१० श्रावण २०८०, बुधबार १०:४९

काठमाडौं, १० साउन– पूर्वमिस नेपाल माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन्।

प्रियंका कार्कीको “द फोर्थ ट्राइमेस्टर” नामक पडकास्टमा अतिथि बनेर पुगेकी उनले दुई वर्षअघि सम्बन्ध विच्छेद गरेको बताएकी हुन्। उनले घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको बताइन्।

छोरा दुई वर्षको हुँदा घर छाडेको र गाह्रो भैसकेपछि आफूले अलग हुने निर्णय गरेको उनले बताईन् । ‘मेरो विवाह बिग्रिसकेपछि त्यो घर छोडेर जाँदा हाम्रो सम्बन्ध एकदम राम्रो थिएन। हामी एक–अर्कासँग बोल्न पनि सक्दैनथ्यौं। हामी जहिले झगडा गथ्यौं। उनले भनिन् , तर बाबु कोठामा हुँदैनथ्यो वा नजिक हुँदैनथ्यो। ऊ धेरै नै सानो थियो। छोरा दुई वर्षको हुँदा घर छोडेँ। मलाई धेरै गाह्रो भइसकेपछि म एक्लैले त्यो निर्णय लिएँ। मेरो परिवारले मलाई समर्थन गर्नु भएन। अहिले ठिक छ। त्यो समर्थन लिन पनि मलाई तीन–चार वर्ष लाग्यो।’

श्रीमानसँगको सम्बन्ध बिग्रिए पनि छोरालाई उसको बुवा र परिवारबाट कहिले पनि नछुट्टाउने आफ्नो सोच रहेको उनले बताइन्। मैले सम्बन्ध विच्छेद गर्दा केही लिइनँ। मलाई केही चाहिदैन बच्चाको लागि मात्र हेरदेऊ भनें। हामीले सम्झदारीमै छोराको को(कस्टडी गर्ने निर्णय लियौं। सम्बन्ध विच्छेद गरेर पछुताएको होइन तर त्यतिबेला मैले रित्तो महसुस गरेँ ।उनले भनिन्।

सोमबार सार्वजनिक भएको उनले अन्तरवार्तामा गर्भवती भएपछि श्रीमान् रियाज श्रेष्ठसँगको सम्बन्ध थप बिग्रँदै गएको र सम्बन्धमा नसुल्झिएका मुद्दाहरूले घेरेको बताइन् ।

उनले भनिन्, ‘ हाम्रो वैवाहिक जीवनमा नसुल्झिएका मुद्दाहरू धेरै थिए । म गर्भवती हुनुभन्दा केही अघि सम्म जीवन राम्रै चलिरहेको थियो । गर्भवती भएपछि सम्बन्ध झन् बिग्रिँदै गयो । संवादको कमी पनि थियो । उनले मलाई समर्थन गर्दैनथे भनेर म भन्दिनँ । उनी निकै राम्रो बुवा हुन् । तर पार्टनर र श्रीमानको रूपमा भने मैले धेरै साथ र सहयोग पाइनँ । ’

आफ्नो वैवाहिक जीवनमा सांस्कृतिक पाटो पनि जोडिएको उनले बताइन् । उनले आफूले सोचेको कुराहरू गर्न नपाएको र गर्भावस्थामा आफूले यस्तो गर्छु वा बच्चा हुर्काउँछु भन्दा सुरुमा परिवारको दायरामा बस्दा धेरै नै गाह्रो भएको उनले बताइन् ।