शपथ ग्रहण गर्न गएका सांसदलाई नाउपाले फिर्ता बोलायो

९ श्रावण २०८०, मंगलवार १७:३०

काठमाण्डौ, ९ साउन–नागरिक उन्मुक्ति पार्टीले मन्त्रीको शपथ ग्रहणको लागि तयारी अवस्थामा पुगेका आफ्ना प्रदेश सभा सदस्यलाई एकाएक फिर्ता बोलाएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथको लागि पुगेका रामेश्वर चौधरी र राज्यमन्त्रीको शपथको लागि पुगेका कैलाश चौधरीलाई फिर्ता बोलाएको एक नेताले जानकारी दिएका छन ।

शपथ ग्रहणको लागि संसदीय दलका नेता घनश्याम चौधरीसहितका नेताहरु दिउँसो नै टीकापुरबाट धनगढी पुगेका थिए । तर पार्टी भित्रको विवादपछि हाललाई शपथ ग्रहणको लागि रोकिएको हो ।